इरान नेपालमा लगानी गर्न इच्छुकः प्रचण्ड | Khabarhub Khabarhub

इरान नेपालमा लगानी गर्न इच्छुकः प्रचण्ड


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इरान नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

नेपालका लागि इरानका राजदूत डा. अलि चेगेनीलेबीच बुधबार भएको भेटवार्तामा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यावसायीकरण र कृषिमा आधारित उद्योगको विकासका बारेमा छलफल भएको नेता दाहालको सचिवालयले जनाएको छ ।

अध्यक्ष निवास खुमलटारमा बुधबार अपराह्न भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले अहिले सरकारले नेपालमा वैदेशिक लगानीका लागि अनुकूल वातावरण बनाउन चाहेको बताए । अध्यक्ष दाहालले इरान र नेपाल पुराना मित्र राष्ट्र भएको उल्लेख गर्दै नेपाल प्राकृतिक रुपमा सुन्दर देश भएको र यहाँ पर्यटन, कृषि, जलविद्युतलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको बताए ।

सो अवसरमा इरानी राजदूत डा अलीले नेपालमा काम गर्न आफूहरुसँग राम्रो क्षमता भएको बताउँदै चिकित्सा शिक्षा, कृषि, खानीलगायत क्षेत्रमा इरान काम गर्न इच्छुक रहेको बताएका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ९ : ४३ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को