रौतहटका मेयरमाथि कुटपिट | Khabarhub Khabarhub

रौतहटका मेयरमाथि कुटपिट


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको राजपुर नगरपालिकाका मेयरमाथि हातपात भएको छ । इद मनाउनका लागि चन्दा नदिएको भन्दै स्थानीय युवाहरुको एक समूहले मेयर शेख सकिलमाथि हातपात गरेको हो।

ईदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा सहयोग माग गरेका थिए । पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको र तर यस पटक ईदको अघिल्लो दिन मंगलबारसम्म पनि मेयरले सहयोग रकम नदिए पछि आक्रोशित बनेका शेख कासिम लगायतका व्यक्तिहरुले मेयर सकिल माथि आक्रमण गरेको थियो ।

मस्जिदमा नमाज पढ्न गएको बेला स्थानीयले आफूसँग सहयोग रकम माँग गरेको र अहिले खल्तीमा पैसा नभएकोले सहयोग रकम भोलि दिन्छु भन्दा केही व्यक्तिहरुले टर्चलाइटले टाउकोमा प्रहार गर्दै कुटपिट गरेको मेयर सकिलले बताए । मेयरमाथि हातपात भएको प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले पुष्टि गरे । मेयरमाथि आक्रमण गरेका व्यक्तिहरु फरार रहेका छन् । उनीहरुको खोजी जारी रहेको डिएसपी कार्कीले बताए ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ५ : ३३ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि