सुनसरीमा पत्रकार राईमाथि धारिलो हतियारले आक्रमण | Khabarhub Khabarhub

सुनसरीमा पत्रकार राईमाथि धारिलो हतियारले आक्रमण


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकारको नाक भाच्न एक करोड छुट्टयाएको भनेर सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक रूपमा धम्की दिएकै बेला सुनसरीको धरान उपमहानगरपालिकामा अर्का एक पत्रकार कुटिएका छन् ।

धरानका पत्रकार दिलबहादुर राई कार्यस्थलमा नै कुटिएका हुन् ।  नेपाल पत्रकार महासंघ धनकुटाका कार्यकारी सदस्य तथा डीवीआर टेलिभिजन धरानका प्रमुख दिल वहादुर राईलाई मंगलवार राति टेलिभिजनको कार्यालयमा काम गरिरहेको अवस्थामा केही यूवाहरुले धारिलो हतियारले आक्रमण गरी घाइते बनाएको भन्दै नेपाल प्रेस युनियनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनले धरान उपमहानगरपालिकामा भएको यो आक्रमण मौलाउँदो दण्डहिनाताको नमुना भएको जनाएको छ ।

समाचार लेखेकै भरमा पत्रकार राईलाई आक्रमण गरी घाइते बनाएको घट्नाको घोर भत्सना र विरोध गर्दै तत्काल आक्रमणकारीहरुलाई पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न युनियनले माग गरेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ५ : २९ बजे

आगामी बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

एमाले सांसद सुहाङले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु