मुस्लिम समुदायमा इद उल फितरको रौनक | Khabarhub Khabarhub

मुस्लिम समुदायमा इद उल फितरको रौनक


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार साँझ पवित्र महिना रमजानको चन्द्रमा हेरेका इस्लाम धर्मावलम्बी बुधबार हर्ष र उत्साहका साथ इद उल फितर मनाइरहेका छन् ।

इद उल फितरका अवसरमा बुधबार बिहानै राजधानीको घण्टाघरस्थित कास्मिरी मस्जिद र रत्नपार्कस्थित जामे मस्जिदमा ठूलो संख्यामा इस्लाम धर्मावलम्बीहरु जम्मा भएका छन् ।

मंगलबार सांझ चन्द्मा हेरपछि इस्लाम धर्मावलम्बीहरुले एक महिना लामो रमजान पर्व पूरा गरि इद उल फितर मनाउँछन् ।

आजको दिन ब्रतालुले एक महिना लामो कठिन ब्रत समापन गर्छन् । इद उल फितरका दिन नमाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गरी दिन–दुःखी तथा गरिब व्यक्तिलाई दान गर्ने गरिन्छ ।

इद उल फितरको अवसरमा सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । मुस्लिम आयोगको सिफारिस पछि यसअघि मन्त्रीपरिषद् बैठकले विहिबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । मंगलबार सांझ गृहमन्त्रालयले विज्ञप्ती निकालेर बुधबार सार्वजनिक विदा गरिएको जानकारी गराएको हो ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १ : ३० बजे

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन