प्रधानमन्त्री र मन्त्रीहरुले रोपे सिंहदरबारमा एभोकाडोको बिरुवा | Khabarhub Khabarhub

प्रधानमन्त्री र मन्त्रीहरुले रोपे सिंहदरबारमा एभोकाडोको बिरुवा


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा एभोकाडोको विरुवा रोपेका छन् । विश्व वातावरण दिवसको अवसर पारेर ‘एक नेपाली एक फलफूलका विरुवा रोपण’ अभियानलाई निरन्तरता दिने सन्देशका साथ प्रधानमन्त्री ओलीले एभोकाडोको बिरुवा रोपेका हुन् ।

बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका विरुवा रोपण अभियानको निरनतरता कार्यक्रम’को औपचारिक उद्घाटन गरे ।

प्रधानमन्त्री ओलीसँग गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढलाल, खानेपानी मन्त्री बिना मगरलगायतले पनि सिंहदरबार परिसरमा एभोकाडोको विरुवा रोपका छन् ।

सरकारले आगामी वर्षलाई वृक्षरोपण बर्षको रुपमा मनाउने घोषणा गरेको छ । सरकारले कृषि वनको विस्तार गर्न भनेर सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलको उत्पादन गर्ने, सदुपयोगको सिद्धान्त बमोजिम खाली र बाँझो जमिनमा फलफूलका विरुवा रोप्ने नीति लिएको छ ।

सोही नीतिलाई कार्यान्वयन गर्ने सिलसिलामा बुधबार फलफूलका बिरुवा रोपनलाई निरन्तरता दिने कार्यक्रमको शुभारम्भ गरिएको हो । लमजुङ, रोल्पा, पर्वत, उदयपुर र कास्कीमा सबैभन्दा बढी विरुवा रोपिएको जानकारी कार्यक्रममा गराइएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १२ : ३७ बजे

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी