आज बस्ने नेकपा सचिवालयले टुंग्याउला केन्द्रीय कमिटीको जिम्मेवारी ? | Khabarhub Khabarhub

आज बस्ने नेकपा सचिवालयले टुंग्याउला केन्द्रीय कमिटीको जिम्मेवारी ?


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) फेरि बस्दैछ । हिजो (मंगलबार) बसेको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएपछ आज दिउँसो १२ बजेका लागि पुन: बैठक बोलाइएको हो ।

हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँडका विषयमा कुरा नमिलेपछि थप छलफल गर्न भन्दै बैठक आजका लागि सारिएको हो । शीर्ष २ नेताबीच प्रदेश पदाधिकारी चयनमा पनि कुरा मिलेको छैन । ७७ जिल्लाका इन्चार्ज/सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिन लागिएको विषयमा २ नेताबीच मत नमिलेको हो ।

हिजोको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुको जिम्मेवारी बाँडफाँटको विषयमा छलफल भए पनि निर्णय हुन नसकेपछि आज फेरि बैठक बोलाइएको बताउँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी तय गर्ने बताए । उनले भने, ‘आजको सचिवालय बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुको जिम्मेवारी टुंग्याउने गरी छलफल हुनेछ । त्यसपछि समय पुगेका सांगठनिक एकीकरणसहित प्रवास संगठन एकतालगायतका विषयमा छलफल हुनेछ । जिम्मेवारी बाँडफाँटको विषयमा छलफल गर्दा समय अपुग भए सांगठनिक प्रक्रिया टुंग्याउन फेरि अर्को बैठक बस्नेछ ।’

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ९ : ०० बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा