अध्यक्षमा उम्मेदवारी दिएकै कारण ज्यान मार्ने धम्की आयो : सरिता लामिछाने | Khabarhub Khabarhub

अध्यक्षमा उम्मेदवारी दिएकै कारण ज्यान मार्ने धम्की आयो : सरिता लामिछाने


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री सरिता लामिछानेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छन् । चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि ज्यान मार्ने धम्की आएको सरिताले बताएकी हुन् ।

ज्यान मार्ने धम्की आएपछि सरिताले राजधानीमा पत्रकार सम्मेलन गर्दै यसबारी जानकारी दिएकी छन् । उनले उम्मेदवारीपछि धेरै किसिमका धाकधम्की र बेइज्जति सहनु परेको समेत बताएकी छिन् । तर, कसले ज्यान मार्ने धम्की दियो यसबारे केही खुलाएकी छैनन् । पत्रकार सम्मेलनमा अभिनेत्रीहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित थिए।

उनीहरुलाई साक्षी राख्दै सरिताले आफू संघको अध्यक्षमा निर्वाचित भए कलाकारहरुका लागि पेन्सनको पहल गर्ने समेत बताएकी छिन् । सरिता चलचित्र कलाकार संघको निवर्तमान महासचिव हुन् ।

चलचित्र कलाकार संघको निर्वाचन जेठ २५ मा हुँदैछ। उनीसँगै अध्यक्षका लागि रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : ३२ बजे

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ