आज सार्वजनिक बिदा | Khabarhub Khabarhub

आज सार्वजनिक बिदा


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारले आज (बुधबार) सर्वाजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा मन्त्रिपरिषद् बैठकको जेठ १० गतेको निर्णय अनुसार आज सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

गत वर्ष सरकारले बिदा कटौती गरेपछि मुस्लिम अगुवाहरूले ईदमा बिदाको माग गर्दै आएका थिए। सरकारले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने निर्णय गरेको हो।

ईदमा बिदाको माग गर्दै मुस्लिम संघका प्रतिनिधिले केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत भेट गरेका थिए। भेटमा ओलीले आफूले बिदाको विषयमा पुनर्विचार गर्ने आश्वासन दिएका थिए।

यसैगरी प्रदेश २ सरकारले  पनि मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा आज सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका शाखाअधिकृत हेम बहादुर कार्कीले एक विज्ञप्ति जारी गर्दै बुधबार प्रदेश २ मा सार्वजनिक विदा दिइएको जानकारी गराइएका हुन्।

गृह मन्त्रालयकाे सूचना

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ६ : ५२ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र