ज्ञानेन्द्र शाहीको रिहाई माग राख्दै बसे यी युवा आमरण अनशन | Khabarhub Khabarhub

ज्ञानेन्द्र शाहीको रिहाई माग राख्दै बसे यी युवा आमरण अनशन


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुर्खेतबाट पक्राउ परेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको रिहाईको माग राख्दै एक युवाले आमरण अनशन थालेका छन् । सामाजिक अभियन्ता शाहीको सामाजिक सञ्जालमा समर्थन जुटिरेहकै बेला के एन बस्याल नाम गरेका युवाले गत शनिबार देखि नै आमरण अनशन थालेका हुन् ।

११ बुँदे माग सहित अनशन थालेका हुने शाहीको रिहाई नभएसम्म अनशन नतोड्ने बताएका छन् । गएको जेठ १५ गते गणतन्त्र दिवसको दिन सुर्खेतमा आयोजित भ्रष्टचार विरुद्ध कार्यक्रमबाटै प्रहरीले शाही पक्राउ गरेको थियो । पक्राउपछि शाहीलाई प्रहरीले यातना दिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

प्रहरी पक्षले भने आफूहरुबाट त्यस्तो केही नभएको भन्ने धारणा सार्वजनिक भएको छ । तर ज्ञानेन्द्र शाहीका समर्थक यो मान्न तयार देखिएका छैनन् । किनकी मानसिक यातना र कुटपीटकै कारण उनलाई अस्पताल भर्ना गरिएको जिकिर गरिरहेका छन् ।

चर्चित पत्रकार रवी लामिछानेले समय यस मुद्दालाई लिएर आधिकारिकता सार्वजनिक गर्ने जनाएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ५ : ५३ बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई