राष्ट्रपति भण्डारीलाई बेलायती महारानीजस्तो बनाइयो: देउवा | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीलाई बेलायती महारानीजस्तो बनाइयो: देउवा


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई ‘हावादारी गफ’को संज्ञा दिएका छन् ।

सरकारले राजमार्गमै जहाज अवतरण गर्नेजस्ता उडन्ते कुरा गरेकाले नीति तथा कार्यक्रम खासै महत्वपूर्ण नभएको देउवाको भनाइ छ ।

आइतबार बसेको प्रतिनिधिसभा वैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो पार्टीले दर्ता गरेको संशोधन प्रस्तावमा सांसदहरुको मत माग्दै नीति तथा कार्यक्रममा कुनै पनि विषय स्पष्ट नभएको बताए ।

देउवाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरित भएको पनि बताए ।

राष्ट्रपति भण्डारीलाई बेलयाती महारानीको शैलीमा बोल्न लगाएर राष्ट्रपति संस्थालाई विवादमा तान्ने काम भएको देउवाको आरोप थियो ।

‘राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा तान्ने काम भएको छ,’ देउवाले भने, ‘बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर विवादमा पारिएको छ । यो लोकतन्त्रलाई राम्रो कुरो होइन ।’

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ११ : ५२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र