डा. ओममूर्तिको सुझाव– एकपटक प्रयोग गरेको तेल पुनः तताएर प्रयोग गर्नु घातक | Khabarhub Khabarhub

डा. ओममूर्तिको सुझाव– एकपटक प्रयोग गरेको तेल पुनः तताएर प्रयोग गर्नु घातक


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाईं एकपटक प्रयोग गरेको तेल पुनः तताएर प्रयोग गर्नुहुन्छ ? यदी गर्नुहुन्छ भने अब यो बानी छाड्नुहोस् ।

किनकी एकपटक प्रयोग गरीसकेको तेल पुनः तताएर प्रयोग गर्नु स्वास्थ्यको लागि हानिकारक छ । एकपटक प्रयोगमा आएको तेल पुनः प्रयोग गर्दा मानिसमा मुटु, स्नायु, कलेजो सम्बन्धि रोग लाग्न सक्ने र क्यान्सर समेत हुने खतरा रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले बताए ।

यसो भन्छन् डा. अनिल 

तेललाई पटक–पटक तताउँदा अल्डिहाइड नामक टक्सिन उत्पादन हुन्छ । पुनः तताएको तेल प्रयोग गर्दा यसमा उत्पादन भएको टोक्सिन शरीर भित्र प्रवेश गर्छ । जसले हाम्रो शरीर भित्रको प्रोटिन, एन्जाइम र हर्मोनसँग प्रक्रिया गरी स्वास्थ्यलाई असर पुर्‍याउँछ ।

सूर्यमुखी तथा भटमासको तेललाई पटक–पटक तताउदा राम्रो फ्याटहरु ट्रान्सफ्याटमा परिणत हुन्छ । जसले शरीरमा नराम्रो कोलेस्ट्रोल बढाउँछ । यसले रक्तनलिमा रगत जम्ने सम्भावना बढाउँछ । तेललाई पटक–पटक तताउँदा त्यसमा उत्पादन हुने टोक्सिनले मुटुरोग, स्नायुरोग, कलेजो रोग तथा क्यान्सर हुने खतरा बढ्छ ।

त्यसले यी रोगहरु लाग्नबाट बच्नको लागि तेल पुनः तताएर प्रयोग गर्ने बानी हटाउनुपर्छ । मुटु, कलेजो स्नायु र क्यान्सरका बिरामीले यस्तो तेल प्रयोग गर्ने नहुने डा. अनिलको भनाइ छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ५ : ५२ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला