डाक्टर शाहीकी छोरी अपहरण गर्ने गुप्ता पक्राउ | Khabarhub Khabarhub

डाक्टर शाहीकी छोरी अपहरण गर्ने गुप्ता पक्राउ


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

गए राति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए ।

उनलाई अहिले काठमाडौँ ल्याउन लागिएको जानकारी दिँदै उनले आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताए ।

 गुप्ताले यही माघ ११ गते काठमाडौँको कोटेश्वरस्थित घरबाट ती बालिकालाई अपहरण गरेका थिए ।

गुप्ताका परिवारले जनकपुरमा पैसा बुझेपछि उनले सोही दिन तिलगङ्गास्थित गणेश होटल अगाडि बालिका छाडेर फरार भएका थिए । पैसा उनकी पत्नी अर्चना गुप्ताले लिएको पाइएपछि प्रहरीले उनलाई सोही दिन पक्राउ गरेर मुद्दा दर्ता गर्नाका साथै अनुसन्धान जारी राखेको छ । उनी हाल परिसरको हिरासतमा छिन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ३ : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर