इस्लामिक स्टेट फर्किन सक्छ: पेन्टागन | Khabarhub Khabarhub

इस्लामिक स्टेट फर्किन सक्छ: पेन्टागन


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाको रक्षा मन्त्रालयको कार्यालय पेन्टागनले सिरिया र इराकमा आतंकवादी संगठन इस्लामिक स्टेट फर्किनसक्ने जनाएको छ । पेन्टागनले एक प्रतिवेदन सार्वजनिक गर्दै अबको ६ महिनादेखि एक वर्षभित्रमा इस्लामिक स्टेटले पुनरागमन गर्नसक्ने उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट पराजित भइसकेको भन्दै त्यहाँ रहेका आफ्ना २ हजार सैनिक फिर्ता बोलाउने घोषणा गरेको केही समयपछि पेन्टागनको यस्तो प्रतिवेदन सार्वजनिक भएको हो ।

सिरिया र इराकमा आवश्यक सैनिक दबाब कम हुँदै जाँदा इस्लामिक स्टेटले पुनरागमन गर्ने संभावना बढ्दै जाने पेन्टागनले जनाएको छ ।
इस्लामिक स्टेटले आफ्नो पुनरागमन गर्ने तयारी तीव्र पार्दै गएपनि त्यस क्षेत्रमा आवश्यक प्रतिआतंकवादी नीति तथा कार्यक्रम नहुँदा त्यसले इस्लामिक स्टेटलाई फाइदा पुगिरहेको पेन्टागनको प्रतिवेदनमा लेखिएको छ ।

कुनै समय सिरिया र इराकको ठूलो भूभागमा कब्जा जमाएको इस्लामिक स्टेट अहिले सिरियाको डिएर इजजोर प्रान्तमा केही वर्गकिलोमिटरमा सिमित छ ।

तस्वीर– टेररमनिटर डट ओआरजी

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : ५८ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख