ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा नेपालले यूएईलाई पछि पार्‍यो | Khabarhub Khabarhub

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा नेपालले यूएईलाई पछि पार्‍यो


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरियता क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोली १४ औं स्थानमा उक्लिएको छ । सोमबार आईसीसीले सार्वजनिक गरेको वरियतामा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाईपछि पार्दै १४ औं स्थानमा उक्लिएको हो ।

आइतबार ट्वान्टी—२० शृङ्खलाको अन्तिम खेलमा यूएईलाई १४ रनले पराजित गरेपछि युएईविरुद्धको शृङ्खला २—१ ले जित हासिल गरेको नेपाल र यूएईको रेटिङ अंक ४३—४३ (बराबरी) रहेपनि यूएईभन्दा एक स्थान माथि उक्लिएको छ ।

ट्वान्टी—२० वरियताको शीर्ष स्थानमा पाकिस्तान रहँदा दोस्रो स्थानमा भारत छ । यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिका, चौथौ स्थानमा इग्ल्यान्ड तथा पाँचौ स्थानमा अस्ट्रेलिया रहेको छ ।

एकदिवसियमा अन्तराष्ट्रियको वरियतामा आएको नेपाल १५ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : २६ बजे

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी