अर्जेन्टिनी फुटबलर चढेको विमान २ हप्तापछि दुर्घटनाग्रस्त अवस्थामा भेटियो | Khabarhub Khabarhub

अर्जेन्टिनी फुटबलर चढेको विमान २ हप्तापछि दुर्घटनाग्रस्त अवस्थामा भेटियो


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्जेन्टिना तथा कार्डिफ सिटीका फरवार्ड इमिलियानो साला र पाइलट डेभिड इबोट्सन वेपत्ता भएको विमानका भग्नावशेष फेला परेको छ ।

विमान वेपत्ता भएको दुई हप्तापछि पाइपर मलिबु विमान आइतबार इङ्ग्लीस च्यानल आइल्यान्डमा भेटिएको बीबीसीले जनाएको छ ।

आइतबार दुर्घटनाग्रस्त अवस्थामा फेला परेको मलिबु विमानको दुर्घटना शाखाले जनाएको छ ।

दुर्घटनाग्रस्त विमानका पार्टपूर्जा समुद्रको सतहभन्दा ६७ मिटर तल रहेको उद्दार टोलीले जनाएको छ ।

“विमानलाई निकालिसकेपछि साला तथा पाइलटका परिवारले जवाफ पाउनेछन्,” जहाज खोजिमा सक्रिय डेभिड मेर्नसले भने । निजी क्षेत्रबाट संकलन भएको कोषद्वारा सञ्चालित खोजीकार्यमा संलग्न मेर्नसले विमानका पार्ट पूर्जा भेटिएको बताएका छन् ।

कार्डिफले सालालाई १ करोड ५० लाख पाउन्डमा अनुबन्ध गरेको थियो । गत महिनाबाट उनी अभ्यासमा सामेल हुने योजनामा थिए । तर, २८ वर्षे साला र ५९ वर्षे पाइलट इबोट्सन नान्टेसबाट उडेको केही समयमै एयर ट्राफिक कन्ट्रोलसँगको सम्बन्धविच्छेद भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : ०९ बजे

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।