वेष्टह्यामसँग बराबरी खेलेको लिभरपुललाई घाटा | Khabarhub Khabarhub

वेष्टह्यामसँग बराबरी खेलेको लिभरपुललाई घाटा


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्गलिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले वेष्टह्यामसँग अंक बाँड्नुपरेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दुरी बढाउने लक्ष्यमा रहेको लिभरपुललाई वेष्टह्यामले सोमबार राति घरेलु मैदानमा रक्षात्मक खेल खेल्दै अंक बाँडेपछि म्यानचेस्टर सिटीसँगको दुरी घटेको छ ।

लिभरपुलले ६२ अंक जोड्दै दोस्रो स्थानको सिटीमाथि ३ अंकको अग्रता बनाएको छ । क्षात्मक खेलेको वेष्टहामले लिभरपुलसँग १—१ गोलको बराबरी खेलेको थियो ।

डिसेम्बर २९ सम्म दोस्रो स्थानको सिटीसँग ९ अंकको दुरी बनाएको लिभरपुलले पछिल्ला दुई खेलमा अंक बाँड्दा सिटीसँगको दुरी घटेको हो ।

आइतबार आर्सनललाई पराजित गरेको सिटी ५ औं पटक उपाधि होडमा रहँदा बुधबार एभरटनसँग प्रतिस्पर्धा गर्दैछ । तेस्रो स्थानमा रहेको टोटनह्याम पनि उपाधि होडमा रहेको छ । म्यानचेस्टर सिटस्को ५९ अंक हुँदा तेस्रो स्थानको टोटनह्यामको ५७ अंक रहेको छ, जुन शीर्ष स्थानको लिभरपुलभन्दा ५ अंकले पछि छ ।

“गएको राति हामी अंक बढाउने उद्देश्यसहित मैदान प्रवेश गरेका थियौं । यो सत्य कुरा हो, यसमा क्षमाको कुरै छैन । हाम्रो तयारी राम्रो थियो तर, हामीले अंक जोडेका छौं,” लिभरपुलका मुख्य प्रशिक्षक योर्गन क्लोपले खेलपछिको प्रतिक्रियामा भने ।

खेलमा लिभरपुलका सदियो मानेले २२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने त्यसको ६ मिनेटपछि वेष्टह्यामका सदियो मानेले उत्कृष्ट गोल गर्दै लिभरपुलविरुद्ध १—१ को बराबरी पुर्याएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : ५७ बजे

महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग

काठमाडौं– काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई