चन्द्रमास अनुसार शनिबारदेखि नै नयाँ संवत्सर | Khabarhub Khabarhub

चन्द्रमास अनुसार शनिबारदेखि नै नयाँ संवत्सर


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चैत्र शुक्ल प्रतिपदा अर्थात् शनिबार गतेदेखि नयाँ संवत्सर शुरु हुँदैछ । शनिबार बिहानीको सूर्योदयसँगै ‘विरोधीकृत’ नामक संवत्सर समाप्त भई ‘परिधावी’ नामक संवत्सर शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सौरमासअनुसार नव वर्ष वैशाख १ गतेदेखि शुरु हुने भए पनि चन्द्रमासअनुसार शनिबारदेखि नै नयाँ संवत्सर प्रारम्भ हुन्छ । परिधावी नामक संवत्सरको ग्रहपरिषद्मा शनि राजा र सूर्य प्रधानमन्त्री पदमा आसीन भएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

देश विशेषका शासकले सम्बन्धित राज्यमा शासन गरेजस्तै विश्व ब्रह्माण्डको शासन ग्रहपरिषद्ले गर्ने शास्त्रीय मान्यता छ । शनिलाई सूर्यको छोरा मानिन्छ । बाबु छोरा भए पनि यी दुई ग्रहबीच आपसमा शत्रुतापूर्ण सम्बन्ध रहेको चर्चा पुराण आदि धार्मिक ग्रन्थमा गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १० : १० बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट