२१ हजारमै किन्नुहोस् ४८ मेगापिक्सल क्यामेरा भएको फोन | Khabarhub Khabarhub

२१ हजारमै किन्नुहोस् ४८ मेगापिक्सल क्यामेरा भएको फोन


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अहिले स्मार्टफोन उत्पादनकर्ताबीच सबैभन्दा उत्कृष्ट क्यामेरासहितको फोनका लागि प्रतिस्पर्धा भइरहेको छ । खास गरेर दक्षिण एसियाली बजारहरुमा चिनियाँ मोबाइल उत्पादक कम्पनीबीच नै आफ्ना उत्पादन बिक्री गर्ने होड चलिरहेको हुन्छ ।

विश्व मोबाइल बजारमा आफ्नो प्रभाव विस्तार गर्दै गइरहेको चिनियाँ मोबाइल उत्पादक कम्पनी शाओमीले नेपालमा ४८ मेगापिक्सल क्यामेरासहितको फोनको बिक्री शुरु गरेको छ ।

शाओमी (एमआई)ले ४८ मेगापिक्सल क्यामेरायुक्त रेडमी नोट–७ फोनको बिक्री नेपालमा शुरु गरिसकेको छ । यो फोन तीन फरक भेरियन्ट्समा नेपालमा उपलब्ध हुने छ ।

यो फोनमा ४८ र ५ मेगापिक्सलका २ वटा रियर क्यामेरा छन् । सेल्फीका लागि १३ मेगा पिक्सलको क्यामेरा दिइएको छ ।

यसको अर्को राम्रो विशेषता भनेको ४००० एमएएच क्षमताको ब्याट्री हो । साथै यो फोनमा फास्ट चार्जिङ सपोर्ट पनि उपलब्ध छ ।

शाओमीले अन्य फोनको तुलनामा रेडमी नोट–७ को डिजाइनलाई पनि विशेष रुपमा तयार पारेको छ । शाओमीले यस फोनका लागि प्रिमियम ग्लास स्यान्डबिच डिजाइन प्रयोगमा ल्याएको छ । फोनको अगाडि र पछाडि दुवैतर्फ गोरिल्ला ग्लास ५ को प्रोटेक्शन छ ।

डिस्प्लेको कुरा गर्दा यसमा ६.३ फूल एचडीका साथ डट नच उपलब्ध छ ।

शाओमीले यो फोनमा क्वालकम स्न्यापड्रागन ६६० एआइई प्रोसेसर उपलब्ध गराएको छ ।

र्‍याम र इन्टरनल स्टोरेजका आधारमा शाओमीले यो फोनलाई नेपालमा ३ अलग भेरियन्टमा उपलब्ध गराएको छ ।

४ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज क्षमता भएको फोनको मूल्य नेपाली बजारका लागि २६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज क्षमता भएको फोनको मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै ३ जीबी र्‍याम र ३२ जीबी इन्टरनल स्टोरेज क्षमता भएको फोनको मूल्य २१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  २ : ४२ बजे

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे