बारा–पर्साका हावाहुरी पीडितलाई सिन्धुलीबाट १० लाख | Khabarhub Khabarhub

बारा–पर्साका हावाहुरी पीडितलाई सिन्धुलीबाट १० लाख


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सिन्धुली– विपद् व्यवस्थापन समिति सिन्धुलीले तराईंका हावाहुरीपीडितलाई राहातस्वरुप रु १० लाख दिइने भएको छ । विपद् व्यवस्थापन समिति सिन्धुलीले बारा र पर्साका हावाहुरी पीडितको पुनःस्थापनाका लागि सो सहयोग गर्ने भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार कमलामाई नगरपालिकाबाट १ लाख ५० हजार, दूधौली नगरपालिकाबाट १ लाख ५० हजार र यहाँका अरु ७ गाउँपालिकाबाट १–१ लाखका दरले ७ लाख गरी  १० लाख सहयोग गर्ने निर्णय भएको छ ।

चट्याङ, हावाहुरी, भूकम्पलगायत जोखिम न्यूनीकरण गर्न जिल्लाका सबै स्थानीय तह, सरकारी तथा गैरसरकारी सङ्घ संस्था, सञ्चार माध्यम, सबैलाई पूर्व तयारी अवस्थामा रही विपत् व्यवस्थापन सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने बैठकले निर्णय गरेको प्रजिअ ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १२ : ५० बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि