मुन्द्रे आफूलाई खुब स्वर सम्राट ठान्थ्यो र जसलाई भेटेपनि गीत सुनाउन तम्सिहाल्थ्यो । एकदिन एकजना किसानलाई भेटेर गीत सुनाउन थाल्यो । गीत सुन्दै जाँदा किसान हुक्क हुक्क गर्दै रुन थाल्यो ।
मुन्द्रे : खुसी हुँदै, खुसी लाग्यो तपाईंले मेरो गीतको भाव र सुमधुर स्वरको महत्व बुझ्नुभयो ।
किसान : होइन हजुर म हजुरको गीतको भाव र स्वारको महत्व बुझेर रोएको होइन।
मुन्द्रे : किन रोएको त ?
किसान : एक महिना अघि मात्र मेरो भैंसी मर्ने बेला यस्तै आवाज निकालेर रोएको थियो… आज मलाई त्यो भैंसीको अति नै याद आयो ।
मुन्द्रे : ट्वाँ
प्रतिक्रिया