‘स्त्री’ को सिक्वेलमा राजकुमार रावको ठाउँमा वरुण ! | Khabarhub Khabarhub

‘स्त्री’ को सिक्वेलमा राजकुमार रावको ठाउँमा वरुण !


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अघिल्लो वर्ष रिलिज भएको राजकुमार राव र श्रद्धा कपूरको फिल्म ‘स्त्री’ ले बक्स अफिसमा राम्रो कमाइ गर्‍यो । हरर कमेडी फिल्मले सोचेभन्दा धेरै राम्रो व्यापार गरेको थियो । फिल्ममा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी लगायतले अभिनय गरेका थिए ।

यतिबेला सोही फिल्मको सिक्वेलको चर्चा छ ।

खबरका अनुसार सिक्वेलमा राजकुमार रावका सट्टामा वरुण धवन देखिनेछन् । मेकर्सले फिल्ममा वरुण धवनलाई राजकुमार रावको भूमिका दिने भएका छन् ।

यता वरुण पनि पछिल्लो समय हरेक फिल्ममा आफूलाई फरक रुपमा प्रस्तुत गर्न चाहन्छन्, ताकि फ्यानलाई उनको काम नयाँ लागोस् ।

भारतीय मिडियाका अनुसार वरुणले यही फिल्मका लागि निर्मातासँग भेटघाट पनि गरिसकेका छन् । तर, मेकर्सले वरुण या राजकुमार रावमध्ये कसलाई लिने भन्ने फाइनल गर्न भने सकेका छैनन् ।

वरुण धवनले बदलापुर, हम्प्टी शर्माकी दुल्हनिया, अक्टोबर र सुई धागाजस्ता फिल्ममा आफूलाई फरक रुपमा प्रस्तुत गरिसकेका छन् । छिट्टै उनलाई फिल्म ‘कलंक’ मा फ्यानले देख्न पाउनेछन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ११ : ४४ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव