छाउगोठमा मृत्यु प्रकरण– अछाम प्रहरीद्वारा मृतक महिलाकका जेठाजु पक्राउ | Khabarhub Khabarhub

छाउगोठमा मृत्यु प्रकरण– अछाम प्रहरीद्वारा मृतक महिलाकका जेठाजु पक्राउ


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भएको प्रकरणमा प्रहरीले उनका जेठाजु छत्र रावलाई पक्राउ गरेको छ ।

सोधपुछका लाजि जिल्ला प्रहरी कार्यालय मंगलसेन बोलाएर प्रहरीले रावतलाई हिरासतमा राखेको हो ।

छाउपडी प्रथा कानून अपराध भएकाले रावतलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक (डीएसपी) जनकबहादुर शाहीले जानकारी दिए ।

पक्राउ परेका रावतविरुद्ध प्रहरीले मुलुकी फौजदारी अपराध संहिताको दफा १६८ को उपदफा (३) बमोजिमको कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

फौजदारी संहिताको दफा १६८ को उपदफा (३) मा रजश्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तो कसुर गर्ने व्यक्तिलाई ३ महिनासम्म कैदा वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

प्रहरीले रावतविरुद्ध ज्यानसम्बन्धी कसुरअन्तर्गत पनि अनुसन्धान अगाडि बढाएको छ ।

मुलुकी फौजदारी अपराध संहिताको ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा (१७८) को उपदफा (१) मा ज्यान जान सक्ने काम गर्न नहुने उल्लेख छ । यस्तो कसुर गर्ने व्यक्तिलाई जन्म कैदसम्मको सजाय हुने व्यवस्था अपराध संहितामा गरिएको छ ।

‘अहिले रावतमाथि अनुसन्धान शुरु भएको छ । उनले महिला (मृतक पार्वती)लाई छाउ गोठमा बस्न बाध्य पारेका हुन् भने ज्यान जान सक्ने काम गरेको अभियोगमा पनि अनुसन्धान हुन्छ,’ जिल्ला प्रहरी कार्यालय अछामका एक अधिकारीले भने ।

श्रीमानसहित ससुरा र सासुसमेत कामका लागि भारतमा रहेको अवस्थामा पार्वती आफ्ना जेठाजु र जेठानीसँग बस्दै आएकी थिइन् ।

महिनावारी भएको बेला छाउगोठमा बसेको अवस्थामा पार्वतीको आइतबार राति मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ४ : ४७ बजे

रविलाई लेखकले भने, ‘राम्रो नेता प्रश्नले घेरिनुहुँदैन, छानबिन समिति बन्नुपर्छ’ 

काठमाडौं–नेपाली कांग्रेसका प्रमुख प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा मुछिएका

काफल बेचेर मनग्य आम्दानी

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीय गीता वादी हिजोआज

सदन रोकटोकबिना लैजाने आधार बनेको छ : सभामुख घिमिरे

काठमाडौं–सभामुख देवराज घिमिरेले कुनै रोकटोकविना सदन चल्ने बताएका छन् ।

वैशाख २८ गते प्रतिनिधि सभामा शीर्ष नेताहरूले सम्बोधन गर्ने 

काठमाडौं– वैशाख २८ गते बस्ने प्रतिनिधि सभामा शीर्ष नेताहरूले सम्बोधन

गृहमन्त्री लामिछानेको तर्क- मविरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफुविरुद्ध