प्रधानमन्त्रीको उपचारमा २ लाख ५५ हजार खर्च | Khabarhub Khabarhub

प्रधानमन्त्रीको उपचारमा २ लाख ५५ हजार खर्च


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा २ लाख ५५ हजार खर्च भएको छ ।

गत मंगलबार (१० गते) त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहना कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट भर्ना भएका प्रधानमन्त्री ओलीको शल्यक्रिया र नियमिति उपचारमा गरी २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको हो ।

अस्पतालका निर्देशक डाक्टर उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको उपचारमा लागेको खर्चको बिलसरकारकै नाममा काटिएको जानकारी दिए ।

गत मंगलबार (मंसिर) १० गते पेट दुख्ने समस्या भएपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन काडियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीमा एपेन्डिसाइटिसको समस्या देखिएपछि चिकित्सकहरुले उनको मंसिर १० गते नै शल्यक्रिया गरेका थिए ।

एपेन्डिक्सको शल्यक्रिया पछि प्रधानमन्त्री ओली १० दिन अस्पताल बसे ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ३ : ५५ बजे

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं