अस्पतालबाट आज डिस्चार्ज हुँदै प्रधानमन्त्री ओली, राष्ट्रपति पुगिन् अस्पताल | Khabarhub Khabarhub

अस्पतालबाट आज डिस्चार्ज हुँदै प्रधानमन्त्री ओली, राष्ट्रपति पुगिन् अस्पताल


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

आज दिउँसो तीन बजे प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अस्पताल पुगेर जानकारी लिएकी थिइन् ।

मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिससाइटिसको अप्रेसन गरेपछि प्रधानमन्त्री ओली अस्पतालमा थिए ।

प्रधानमन्त्री ओलीले अब एक हप्ता पूर्ण रुपमा आराम गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  २ : ३० बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७