वैदेशिक सहायता ५६.४८ प्रतिशतले घट्यो | Khabarhub Khabarhub

वैदेशिक सहायता ५६.४८ प्रतिशतले घट्यो


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा भित्रिने वैदेशिक साहायत गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ५६.४८ प्रतिशतले घटेको छ ।

चालू आर्थिक बषको पहिलो तीन महिनामा नेपाल भित्रने वैदेशिक सहायता प्रतिबद्धता १५ अर्ब ६८ करोड रुपैयाँमात्र रहेको छ । गत वर्षको सोही अवधिमा भने यस्तो प्रतिवद्धता २७ अर्ब ७६ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले जारी गरेको तीन महिने आर्थिक समीक्षाअनुसार आर्थिक वर्ष सुरु भएको तीन महिनामा वैदेशिक ऋण सहायता ६२.६ प्रतिशतले नै घटेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ऋण सहायता २१ प्रतिशत रहेको छ ।

तर गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सहायता ८३.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार यसवर्ष वैदेशिक सहायतामध्ये अनुदानको हिस्सा ६२.६ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायता प्रतिवद्धतामध्ये अनुदानको हिस्सा ७८.८ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो हिस्सा जम्मा १६.२ प्रतिशतमात्र थियो ।

अर्थ मन्त्रालयले जारी गरेको तीन महिने आर्थिक समीक्षाअनुसार आर्थिक वर्ष सुरु भएको तीन महिनामा वैदेशिक ऋण सहायता ६२.६ प्रतिशतले नै घटेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ऋण सहायता २१ प्रतिशत रहेको छ ।

तर गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सहायता ८३.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्षको असोज महिनामा भूकम्प प्रभावित क्षेत्रमा घरहरुको पुनर्निर्माण र शिक्षा तथा स्वास्थ सुविधा पुर्याउने परियोजनाको लागि ३ अर्ब ३३ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण सहायता प्रतिवद्धता प्राप्त भएको छ । गत वर्ष ऋण सहायता बढेको थियो तर यस वर्ष भने अनुदान बढेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १ : ४२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर