सीमा रक्षाका विषयमा सबै दल एकजुट : नेता खनाल | Khabarhub Khabarhub

सीमा रक्षाका विषयमा सबै दल एकजुट : नेता खनाल


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।

इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन भन्दै पूर्व प्रधानमन्त्री खनालले मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिए ।

सरकारको मात्र प्रयासले सम्भव नभए देशका सबै दल एकजुट भएर भए पनि दबाब दिनुपर्ने उनको भनाइ थियो । उनले लिम्पीयाधुरा, लिपुलेक, सुस्ता जस्ता स्थान नेपालको हो भन्नेमा सबै राजनीतिक दलको एकै आवाज रहेको बताए ।

पूर्वप्रधानमन्त्री खनालले भने, “राष्ट्रियताको सवालमा सबैको एकै आवाज छ, हामी हाम्रो भूमि चाँडै फिर्ता गर्छौ ।” पर्यटन वर्षको पूर्व सन्ध्यामा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र सूर्योदय नगरपालिकालाई देश विदेशमा चिनाउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव सम्पन्न भएको छ ।

गत मङ्सिर १४ गतेबाट सञ्चालित महोत्सव १८ गते सम्पन्न भएको हो । स्थानीयवासीले उत्पादन गरेका वस्तु महोत्सवमा राखेका थिए । साथै पर्यटकीय क्षेत्रमा सांकृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १२ : २७ बजे

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु