गत वर्षको साहित्यतर्फको नोबेल पुरस्कार पनि यसै वर्ष | Khabarhub Khabarhub

गत वर्षको साहित्यतर्फको नोबेल पुरस्कार पनि यसै वर्ष


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नोबेल प्रतिष्ठानले यस वर्ष साहित्य विधामा दुई वटा नोबेल पुरस्कार प्रदान गने भएको छ । स्वीडेनको स्टकहोल्मस्थित नोबेल प्रतिष्ठानले साहित्य विधातर्फ यो वर्ष दुई वटा नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

यौन दुराचारको प्रकरण बाहिर आएपछि नोबेल प्रतिष्ठानले अघिल्लो वर्ष साहित्य विधातर्फको नोबेल पुरस्कार दिएको थिएन । ‘नोबेल पुरस्कार प्रदान गर्न फेरी संभव हुनेछ, यो वर्षको शरद ऋतुमा अघिल्लो वर्ष तथा यस वर्ष साहित्यमा नोबेल पुरस्कार प्रदान गरिनेको नाम घोषणा गरिनेछ ।’ नोबेल प्रतिष्ठानले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि प्रतिष्ठानकी कार्यसमिति सदस्य क्याट्रिना फ्रोन्स्टेन्सनका पति जन क्लुद आनोविरुद्ध २० जनाभन्दा धेरै महिलाले यौन दुव्र्यवहार तथा बलात्कारको आरोप लगाएपछि नोबेल प्रतिष्ठानले अघिल्लो वर्ष साहित्य विधातर्फको नोबेल पुरस्कार प्रदान गरेको थिएन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १० : ३२ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल