पीएसएल : लाहोर कलान्दर पेशावरविरुद्ध खेल्दै, कस्तो रहला सन्दीपको प्रदर्शन ? | Khabarhub Khabarhub

पीएसएल : लाहोर कलान्दर पेशावरविरुद्ध खेल्दै, कस्तो रहला सन्दीपको प्रदर्शन ?


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-विश्वका ट्वान्टी-२० फ्रेन्चाईज लिगहरुमा व्यस्त नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला युएईमा जारी पाकिस्तान सुपर लिग (पीएसएल) खेलिरहेका छन् ।

पीएसएलमा सन्दीप दक्षिण अफिकाका पूर्व क्रिकेटर एवि डेभिलर्सको कप्तानीमा रहेको लाहोर कलान्दरबाट खेलिरहेका छन् । लाहोरबाट खेलिरहेका सन्दीप आज(मंगलबार) हुने पेशावर जल्मीविरुद्ध मैदान उत्रिदै छन् ।

प्रतियोगिताको पाँचौं स्थानमा रहेको लाहोरका लागि सन्दीप पहिलो रोजाईका खेलाडी हुन् । उनले पीएसएलमा आफुलाई प्रभावकारी बलरका रपमा प्रस्तुत गरिसकेका छन् । पेशावरविरुद्धको खेल खेल्नु अघि लाहोरले एक भिडियो सार्वजनिक गर्दै आजको खेललाई महत्वपूर्ण खेल भनेको छ ।

लिगको चौथोस्थानमा रहेको पेशावरलाई रोक्न सन्दीपको बलिङ जादु चल्ला भन्ने नेपाली क्रिकेट प्रशंसकमाझ कौतुहलता बनेको छ ।

पीएसएलमा सन्दीप प्रत्येक खेलमा आफुलाई प्रभावकारी बलरका रुपमा प्रमाणीत गरिसकेका छन् । सन्दीपले जारी प्रतियोगितामा १६ ओभर बलिङ गर्दै ९३ रन खर्चेर १० विकेट लिँदै सर्वाधिक विकेट लिनेको सूचिको शीर्ष तेस्रो स्थानमा छन् ।

सर्वाधिक विकेट लिनेको सूचिको शीर्ष स्थानमा लिगमा ६ खेलमा १६ विकेट लिएका पेसावर जल्मीका खेलाडी हसन अलि रहेका छन् भने दोस्रो स्थानमा लिगका ७ खेलमा ११ विकेट लिएका लाहोरका अर्का खेलाडी हसज राउफ छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १२ : ४९ बजे

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह