अनमोलको ‘क्याप्टेन’ ले ४ दिनमा कति कमायो ? | Khabarhub Khabarhub

अनमोलको ‘क्याप्टेन’ ले ४ दिनमा कति कमायो ?


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ ले सोमबारसम्म साढे ३ करोडको व्यापार गरेको छ । वितरक मनोज राठीका अनुसार यो फिल्मले चार दिनमा ३ करोड ४० लाख ग्रस कलेक्सन गरेको हो ।

फिल्मले काठमाडौं र मोफसलबाट बराबरको व्यापार गरेको वितरकले राठीले बताए । ‘पहिलो दिन धेरैको कलेक्सन खासै राम्रो थिएन, तर शनिवारबाट फिल्मले राम्रो व्यापार गरेको छ ।’, राठीले भने ।

फिल्मले शनिबार ६५ लाख, शनिबार १ करोड २५ लाख, आइतबार ५० लाख र सोमबार झण्डै १ करोडको व्यापार गरेको हो । नेपालमा सुपरहिट भनिएका चलचित्रले गर्ने व्यापार ‘क्याप्टेन’ ले चार दिनमै गरेको वितरक राठीले दाबी गरे ।

चलचित्रमा अनमोल केसीले राष्ट्रिय खेलाडीको भूमिका निभाएका छन् । यस्तै फिल्ममा सुनील थापा, प्रशान्त ताम्राकार, उपासना सिंह ठकुरी, प्रियंका एमभी, विल्सन विक्रम राई, लगायतका कलाकारको पनि अभिनय छ ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा भुवन केसीको निर्माण छ । समीक्षात्मक कोणमा भने यो फिल्मले खासै राम्रो प्रतिक्रिया पाएन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १२ : २६ बजे

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन