विप्लव समूहलाई पक्राउको आदेश पर्खंदै प्रहरी | Khabarhub Khabarhub

विप्लव समूहलाई पक्राउको आदेश पर्खंदै प्रहरी


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृहमन्त्रालयलाई सूचना बुझाउँदै फर्कंने गरेको नागरिक दैनिकमा खबर छ ।

विप्लव समूह भने देशव्यापी रुपमा संगठन निर्माण र आवश्यक गणनीति तयार पार्दै अघि बढिरहेको दाबी गर्दै आएको छ । पार्टीको आन्तरिक गतिविधि अघि बढाउन विप्लव, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, अनिल शर्मा, हेमन्तप्रकाश ओली र उमा भुजेटलले भेटघाटलाई तीब्र पारेको सुरक्षा स्रोतले जनाएको छ।

त्यस्तै शिवरात्रिको अवसरमा पशुपतिमा पुगेका श्रद्धालुहरु अव्यवस्थाले सास्ती खेप्न बाध्य भएको, साहित्य उपन्यास र चलचित्रका संवाद लेख्दा व्यक्ति वा कुनै पनि समूदायलाई चोट पुग्ने अवस्था आउन नदिन सर्वोच्चबाट निर्देशनात्मक आदेश जारी भएको, रानीपोखरीको पुर्ननिर्माण शुरु भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ६ : ५१ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने