शिवालयमा दर्शनार्थीको भीड | Khabarhub Khabarhub

शिवालयमा दर्शनार्थीको भीड


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका अवसरमा साेमबार बिहानैदेखि पोखरा र आसपासका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

विशेषतः वैदिक सनातन हिन्दू धर्मावलम्बी आजको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दै भगवान् शिवलाई जल तथा गाईको दूध चढाउने गर्दछन् ।

साेमबार विहानैदेखि पोखरा र आसपासका केदारेश्वर मणि महादेव, गुप्तेश्वर महादेव, विन्ध्यवासिनीस्थित महादेव, पुष्करेश्वर महादेव, नर्मदेश्वर महादेव, भरतपोखरीको सिलेङ्गेस्थित सिद्देश्वर महादेव, मनियलडाँडाका पशुपतिनाथ, धारपानी र मालागिरीस्थित शिव मन्दिरलगायतका तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थी जल र गाईको दूध चढाउन लामबद्ध छन् ।

व्रतमध्ये सर्वोत्कृष्ट मानिने महाशिवरात्रिका दिन भक्तजन व्रत बस्दै भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने प्रचलन छ । आजको दिन विभिन्न सार्वजनिक चोक र मठमन्दिरमा काठका मुढा बालेर धुनी जगाई भजनकीर्तन गर्ने प्रचलन छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ११ : ३२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड