शुरु भयो बुधको २१ दिने स्थिरता, तपाईंको राशिमा कस्तो असर ? | Khabarhub Khabarhub

शुरु भयो बुधको २१ दिने स्थिरता, तपाईंको राशिमा कस्तो असर ?


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कार्तिक १४ गते बिहिबारबाट बुध (बुध देवता) वृश्चिक राशिमा आसन भएको छ । मंसिर ०५ गते बिहिबारबाट फेरी बुध गतिशिल हुनेछ ।

कार्तिक २१ गते बिहिबारबाट पूनः तुला राशिमा प्रवेश हुने बुधले यस अवधिमा १२ वटै राशिमा शुभ तथा अशुभ दुवै असर पार्न सक्छ । बुधको प्रभावमा कुन राशिमा कस्तो असर पर्छ त, हेरौं राशि अनुसारको जानकारी ।

मेष राशि

मेष राशिका व्यक्तिलाई यस अवधिमा निकै होसियार हुन अवाश्यक छ । मुख्यत धनको लेनदेको बिषयमा निकै सावधानी अपनाउनु पर्ने हुन्छ ।

वृष राशि

वृष राशिका व्यक्तिलाई यस अवधिमा व्यापार र जागिरबाट समस्या उत्पन्न हुनसक्छ । जसका कारण नसोचेको स्थानबाट अनावश्यक तनाव आइलाग्छ ।

मिथुन राशि

मिथुन राशिका व्यक्तिलाई यस अवधिमा शुभ संयोग बनेको छ । यस राशिका व्यक्तिले सम्मान पाउने तथा धन लाभको समेत योग बन्नेछ ।

कर्कट राशि

कर्कट राशिका व्यक्तिलाई यस अवधिमा केही नकारात्मक असर पर्नेछ । अनावश्यक तनाव आइलाग्नाले आत्मविश्वास गुम्ने तथा सोचेको काम पूरा नुहने हुन्छ ।

सिंह राशि

सिंह राशिका व्यक्तिलाई यस अवधिमा जागिर वा व्यापार व्यवसायबाट औसत लाभ हुनेछ । कुनै काम थाल्नु पूर्व ठूलाबडाको सल्लाह सुझाव लिनु आवश्यक हुन्छ ।

कन्या राशि

कन्या राशिका व्यक्तिलाई यस अवधिमा शुभ समाचार मिल्ने संकेत छ । व्यापार, जागिर र प्रेममा राम्रो अवसर मिल्नेछ । साथै धन प्राप्तीको समेत योग छ ।

तुला राशि

तुला राशिका व्यक्तिलाई यस अवधिमा ठूलो दबाव झेल्नुपर्ने हुन्छ । परिश्रम अनुसारको फल नमिल्नाले कामप्रति मन जाने छैन ।

वृश्चिक राशि

वृश्चिक राशिका व्यक्तिलाई मंसिर ०५ गतेसम्म राम्रो फल प्राप्त हुनेछ । त्यस अवधिमा साथिसँगको सम्बन्ध राम्रो भए पनि मंसिर ०६ गतेबाट भने खटपट उत्पन्न हुनेछ ।

धनु राशि

धनु राशिका व्यक्तिलाई यस अवधिमा घरायसी समस्या देखा पर्ने हुन्छ । घरमा हुने खर्चको मात्रा बढ्ने छ । कही लगानी गर्नुअघि निकै सोच विचार गर्नु निकै आवश्यक छ ।

मकर राशि

मकर राशिका व्यक्तिलाई यस अवधिमा गृह कलह हुने तथा चिन्ता बढ्ने हुन्छ । साथीसँग साधारण मनमुटाव भएपनि धैर्यता राखेमा बिस्तारै सबै ठीक हुँदै जानेछ ।

कुम्भ राशि

कुम्भ राशिका व्यक्तिलाई यस अवधिमा साथी र नातेदारसँग राम्रो सम्बन्ध स्थापित गर्ने समय रहेको छ । तर यस अवधिमा धनका बिषयमा भने निकै समस्या उत्पन्न हुने प्रवल सम्भावना छ ।

मीन राशि

मीन राशिका व्यक्तिलाई यस अवधिमा स्वास्थ्य राम्रो हुने, धन प्राप्तीको योग हुने तथा यात्राको योग बन्नेछ । शनिबारसम्म कुनै राम्रो समाचारसमेत प्राप्त हुनेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ६ : ३४ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट