रेजिन सुब्बाको कप्तानीमा यु–१९ फुटबल टोली इरान जाँदै | Khabarhub Khabarhub

रेजिन सुब्बाको कप्तानीमा यु–१९ फुटबल टोली इरान जाँदै


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी यू–१९ छनोट खेल्न जाने नेपाली युवा टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इरान जाने यू–१९ टोलीलाई विदाई गरेको हो ।

कात्तिक २० देखि २४ गतेसम्म इरानमा हुने छनोट प्रतियोगिताका लागि जाने नेपाली टोलीको एन्फाले विदाई गरेको हो ।

छनोट प्रतियोगितामा नेपाल समूह डि मा रहेको छ । यही समूहमा नेपालसहित इरान, युएई र किर्गिस्तान रहेका छन् ।

छनोट खेल्ने २३ सदस्यीय नेपाली टोलीको कप्तानको जिम्मेवारी फरवार्ड रेजिन सुब्बाले पाएका छन् । सुब्बाले टोलीको कप्तानी पाउँदा विकास खवासलाई मुख्य प्रशिक्षक मेघराज केसीले उपकप्तानको जिम्मेवारी दिएका छन् ।

नेपाली युवा टोली

गोलकिपर : बिशाल सुनार, रोहित कार्की, पुजन होना

डिफेन्डर : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्राई, असिम गुरुङ, नविन गुरुङ, रोषन दोङ, विकास खवास, योगेश गुरुङ, निरन्जन महर्जन,

मिडफिल्ड : दर्शन गुरुङ, रञ्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिस थापा, अनिल महर्जन, दिनेश हेन्जन

फरवार्ड : मनिस डाङ्गी, राजिव लोप्चन, रेजिन सुब्बा, दिपेश आले मगर

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ३ : ३० बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले