नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बित | Khabarhub Khabarhub

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बित


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ स्वतः निलम्बनमा परेका छन् ।

राष्ट्र सञ्चालक समितिको सोमबार सबेको बैठकले श्रेष्ठमाथि लागेका आरोपबारे छानबिन गर्न समिति गठन गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।

राष्ट्र बैंक सञ्चालक समितिको बैठकले सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकहरु रामजी रेग्मी र सुवोधकुमार कर्ण सदस्य रहने गरी श्रेष्ठमाथि लागेका आरोपबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिले आरोपमाथि छानबिन गर्न समिति गठन गरेसँगै श्रेष्ठ निलम्बनमा परेका हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा बैंकका कर्मचारी तथा पदाधिकारीमाथि कुनै आरोप लागी सञ्चालक समितिले छानबिन अगाडि बढाएमा आरोपित व्यक्ति स्वतः निलम्बित हुने प्रावधान छ ।

श्रेष्ठमाथि लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दाको सन्दर्भमा दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेललाई सघाएको, रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजयराज सुमार्गीलाई साथ दिएको लगायतका आरोप लगोका थिए ।

उक्त आरोपमाथि छानबिनका लागि सरकारले निर्देशन दिएपछि राष्ट्र बैंकले उनीमाथि छानबिन प्रक्रिया अगाडि बढाएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ३ : ०३ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार