एमसीसीले दियो नेपाललाई २०२ रनको लक्ष्य | Khabarhub Khabarhub

एमसीसीले दियो नेपाललाई २०२ रनको लक्ष्य


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकदिवसीय क्रिकेटमा पाहुना टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि २०२ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन बनाएको हो ।

एमसीसीका विल रोड्स र विलि गोडलम्यानले अर्धशतकीय इनिङ्स खेले । जसमा रोड्सले ५४ रन जोड्दा गोडलम्यानले ५२ रन बनाए भने विल भेन्डेस्पर ३६ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११ रन बनाए ।

घरेलु टोलीका तर्फबाट युवा क्रिकेटर पवन सर्राफ र ललित नारायण राजवंशीले उत्कृष्ट बलिङ गरे । जसमा उनीहरु दुवै जनाले समान ४–४ विकेट लिए ।

एमसीसीविरुद्ध नेपाल नयाँ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदान उत्रिएको छ । ज्ञानेन्द्र स्थायी कप्तानको रुपमा नियुक्त भएपछि पहिलो पटक नेपाली टिमको नेतृत्व गर्न लागेका हुन् ।

तर, एमसीसीविरुद्ध नेपालका मुख्य तीन खेलाडी मैदान उत्रिएनन् । राष्ट्रिय टोलीका निर्वतमान कप्तान पारस खड्का, सन्दीप लामिछाने र सोमपाल कामी एमसीसीसँगको टोलीमा थिएनन् । एकदिवसिय खेलमा तीनै जना खेलाडीले यसअघि खेल्ने भने पनि आज भने मैदानमा देखिएनन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १ : ३७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड