आलमलाई जन्मकैदको मागदाबीसहित मुद्दा दर्ता गरिँदै | Khabarhub Khabarhub

आलमलाई जन्मकैदको मागदाबीसहित मुद्दा दर्ता गरिँदै


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– बम विस्फोटमा परि घाइते भएकालाई ज्यूदै इँट्टाभट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका सांसद मोहम्द अफताव आलम विरुद्ध आज मुद्दा दर्ता हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान पूरा गरि प्रतिवेदन शुक्रवार सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।

प्रतिवदनको अध्ययन पश्चात सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत रौतहटमा मुद्दा दर्ताको तयारी गरेको छ । आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी प्रहरीले गरेको छ ।

घटना भएको १२ वर्षपछि २६ गते प्रहरीले आलमलाई रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

पहिलो संविधानसभा निर्वाचनको बेला २०६४ चैत २७ गते राजपुरस्थित पूर्वमन्त्री सेख इदृसको गोठमा बम बिस्फोट भएको थियो। सोही घटनामा आलमसहित ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १० : ३१ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी