इरानले बेलायती पानीजहाजका ७ कर्मचारीलाई रिहा गर्ने | Khabarhub Khabarhub

इरानले बेलायती पानीजहाजका ७ कर्मचारीलाई रिहा गर्ने


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले बेलायती ध्वजावाहक पानीजहाजसँगै नियन्त्रणमा लिएका ७ कर्मचारीलाई रिहा गर्ने घोषणा गरेको छ ।

इरानको राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार इरानमा नियन्त्रणमा रहेका ७ कर्मचारीलाई रिहा गरिने जनाएको हो । इरानी विदेशमन्त्रालयका प्रवक्ताले जनाएअनुसार केही भारतीय नागरिकसहितका कर्मचारीलाई मानवताका आधारमा इरान छाड्न दिइने र केही समयपछि उनीहरुले इरान छाड्नेछन् ।

इरानले गत जुलाई १९ मा हर्मुजको स्ट्रेटमा बेलायती ध्वजावाहक पानीजहाज नियन्त्रणमा लिएको थियो । पानीजहाजसँगै त्यसमा काम गर्ने रुसी, भारतीय तथा लात्भियन नागरिकसहितका २३ कर्मचारीलाई समेत नियन्त्रणमा लिइएको थियो ।

उक्त पानीजहाज सञ्चालक स्वीडिस कम्पनीले भने पानीजहाज रिहा गर्ने मितिबारे स्पष्ट भइनसकेको र बाँकी १६ कर्मचारी पानीजहाजसँगै रिहा हुने अपेक्षा गरिएको जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ४६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र