टेकु अस्पतालका ३ जना चिकित्सकमा नै डेंगुको संक्रमण | Khabarhub Khabarhub

टेकु अस्पतालका ३ जना चिकित्सकमा नै डेंगुको संक्रमण


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १२ जना कर्मचारीमा डेंगु रोगको संक्रमण देखिएको छ ।

डेंगुको संक्रमण देखिनेमा ३ जना चिकित्सकहरु पनि छन् ।

अस्पतालमा आएका बिरामीमा देखिएको डेंगुको परीक्षण गर्ने क्रममा कर्मचारी र चिकित्सकहरुमा समेत डेंगुको संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।

चिकित्सकहरुका अनुसार डेंगु रोग मानिसबाट मानिसमा सर्दैन । तर, परीक्षणका लागि आएका बिरामीलाई टोकेको लामखुट्टले अस्पतालका चिकित्सक तथा कर्मचारीलाई टोकेर संक्रमण भएको हुनसक्ने अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले जानकारी दिए ।

अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले डेंगु संक्रमित कर्मचारी तथा चिकित्सकको अस्पतालमै उपचार भइरहेको जानकारी दिए ।

पाण्डेका अनुसार पछिल्लो समय डेंगु रोगको परीक्षण गर्न आउने बिरामीको संख्या बढ्दै गएपछि छुट्टै डेस्क स्थापना गरिएको छ ।

मंगलबार मात्रै ५ सय २१ जना बिरामीको परीक्षण गरिएको पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  २ : २५ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।