बालुवाटार जग्गा प्रकरण– थप ५८ जनालाई उपस्थित हुन अख्तियारको सूचना (सूचीसहित) | Khabarhub Khabarhub

बालुवाटार जग्गा प्रकरण– थप ५८ जनालाई उपस्थित हुन अख्तियारको सूचना (सूचीसहित)


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा किनबेचमा संलग्न सबैलाई छानविनको दायरामा ल्याएको छ ।

यस क्रममा बुधबार अख्तियारले ५८ जनाको सूची सार्वजनिक गर्दै सूचना प्रकाशन गरेको छ ।

आयोगले यसअघि ८६ जनालाई पनि अख्तियारमा बोलाएको थियो ।

अख्तियारले सूचना प्रकाशन गरि ‘तत्कालीन सरकारले प्रचलित कानून बामोजिमको मुआव्जासमेत दिई अधिग्रहरण गरिलिएको साविक हाँडीगाउँ मौजा हा नं ४५६ को लगत भिड्ने ललिता निवास क्याम्पभित्र पर्ने काठमाडौं बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं डिल्लीबजराका कर्मचारीहरुसमेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानूनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनाधिकृत व्यक्तिहरुलाई जग्गाधनी र मोही कामय गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको उजुरीको अनुसन्धानको सिलसिलामा तपाईंहरुसँग केही बुझ्नुपर्ने भएकोले यो म्याद सूचना प्रकाशित गरिएको छ । यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा यस आयोगको अनुसन्धान महाशाखा नं २ मा सम्पर्क राख्न आनु होला, नआए कानूनबामोजिम भइ जानेछ’ अख्तियारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ९ : ३६ बजे

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल