१६ दिनसम्म बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले गर्‍यो यस्ता निर्णय | Khabarhub Khabarhub

१६ दिनसम्म बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले गर्‍यो यस्ता निर्णय


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाठौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक विभिन्न १४ कार्यसूचीमा सहमतिका साथ निर्णय गर्दै सकिएको छ । बैठक गत असार २२ गतेदेखि शुरु भएर पटकपटक गरी १६ दिन बसेको थियो ।

बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ सङ्घहरुका सम्बन्धी, जनसम्पर्क समितिका सम्बन्धमा, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन दिनेलगायत विषयमा निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यस्तै बैठकले पार्टीको नियमावली, पार्टी विधानअनुसार अन्तरिम संरचना गठन प्रक्रिया अघि बढाउने, क्रियाशील सदस्यता नवीकरण एवं वितरण, पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियानको प्रतिवेदन प्रस्तुत, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत, अनुशासन समितिको कार्य प्रगति प्रतिवेदन प्रस्तुत, कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा यसअघि नै निर्णय गरिसकेको छ ।

गत असार २२ गतेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका १४ कार्यसूची प्रस्तुत गरेका थियो । निर्णयबारे विस्तृत जानकारी बुधबार गराइने प्रवक्ता शर्माले बताए ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा शशाङ्क कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, डा. रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, डा नारायण खड्का, दिलेन्द्रप्रसाद बडू, दीपक गिरी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, शङ्कर भण्डारी, किशोरसिंह राठौर, बद्री पाण्डे, ईश्वरी न्यौपाने, देवेन्द्रराज कँडेल, लक्ष्मी परियार र आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ६ : २४ बजे

आतंककारी च्यानल भन्दै इजरायलले अल जजिरालाई लगायाे प्रतिबन्ध 

काठमाडौं– इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ । इजरायलको

जसपाबाट विभाजित समूह सत्ता गठबन्धनमै रहने, सरकार पनि नछाड्ने

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई विभाजन

उपेन्द्र यादवलाई छाडेर नयाँ दलतिर जसपाका यी ७ सांसद

काठमाडौं-  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ठूलो झट्का

जलवायु परिवर्तनको असरबारे जापान चिन्तित, हिमाल जोगाउन सबैले सहकार्य गरौँ : परराष्ट्रमन्त्री योको

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्रमन्त्री कामीकावा

जसपा विभाजित भएपछि राजकिशोरले भने, ‘सिरहाको गाउँमा छु, बल्ल थाहा भयो’

काठमाडौं– सत्तारूढ जनता समाजवादी पार्टी विभाजन भएको छ । पार्टी