सामाजिक सुरक्षा सेवा प्रभावकारी बनाइने महानिरीक्षक खनालको प्रतिवद्धता | Khabarhub Khabarhub

सामाजिक सुरक्षा सेवा प्रभावकारी बनाइने महानिरीक्षक खनालको प्रतिवद्धता


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले उच्च लगाव एवम् व्यवसायिकतासाथ काम गरी महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अझै बढी विश्वासिलो सेवा प्रदान गर्नुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयद्वारा संचालित ‘आवश्यकता पहिचान सम्बन्धी तालिम’ को आइतबार निर्देशनालयमा आयोजित समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै प्रहरी महानिरीक्षक खनालले सामाजिक सेवा प्रभावकारी बनाउने बताएका हुन् ।

कार्यक्रममा महानिरीक्षक खनालले तालिममा हासिल गरेका व्यवहारिक ज्ञान, सिप एवम् कौशललाई कार्यक्षेत्रमा उतार्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिए । उनीहरुप्रति गरिने सेवामा आवश्यकताको पहिचान एवम् विश्लेषण गरी न्यायपूर्ण काम गर्दै जनमानसमा नेपाल प्रहरी हाम्रो हो, हाम्रा लागि हो भन्ने अनुभव गराउन सफल हुने गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा एवम् अमन चयन कायम गर्न नेपाल प्रहरी सदैव लगनशील भई कार्य गर्दै आएको चर्चा गर्दै प्रहरीले प्रदान गर्ने सेवाको समाजमा पनि उचित विश्लेषण एवम् तथ्य जानु जरुरी रहेको बताए ।

प्रहरीले प्रदान गर्ने विश्वासिलो सेवाका कारणले नै सामाजमा भएका घटनाहरु प्रहरी समक्ष आउने क्रममा बृद्धि भएको समेत उनले उल्लेख गरे । सो अवसरमा प्रहरी महानिरीक्षक खनाल र यूनिसेफ चाइल्ड प्रोटेक्सन सेक्सनका सेक्सन चिफ मारियानाले बालबालिकासँग सम्बन्धित आधारभूत सुरक्षा जानकारी पुस्तिकाको संयुक्त रुपमा लोकार्पण समेत गरेका थिए ।

कार्यक्रममा काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशनका डिन प्रा.डा. महेशनाथ पराजुली र यूनिसेफ चाइल्ड प्रोटेक्सन सेक्सनका सेक्सन चिफ मारियानाले तालिमको महत्वमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा मावनश्रोत एवम् प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायव महानिरीक्षकहरु, काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशनका पदाधिकारीहरु, यूनिसेफका पदाधिकारीहरु, प्रहरी वरिष्ठ अधिकृत लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ५ : ५५ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही