हतियारसहित लुटेरा पक्राउ | Khabarhub Khabarhub

हतियारसहित लुटेरा पक्राउ


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– हतियाारसहित लुटपाट मच्चाउँने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हतियारसहित रहेका उनीहरुलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं.३ स्यालखोला भन्ने स्थानमा उनीहरुलाई नियन्त्रणमा लिईएको हो । प्रक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका १ कौशिलानगरका गोरे थापा मगर र दैलेख दुल्लु नगरपालिका वडा नं.१३ लम्स बस्ने बर्ष ३४ का खड्कबहादुर बिक छन ।

उनीहरुको साथबाट कटुवा पेस्तोल जस्तो देखिने सानो हतियार थान एक र भरुवा बन्दुकलाई मिडियम साईजको कटुवा पेस्तोल बनाएको नाल एक बरामत गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए ।

जिल्लाको चौरजहारी नगरपालिकाको वडा एरियामा केही दिन यता अबैध हात हातियार सहितको समुह सक्रिय रहेको सुनेपछि प्रहरीले निगरानी बढाएको थियो । यो समुहले डोल्पा, जाजरकोट र रुकुम पश्चीमबाट जडिबुटी तथा यार्सा गुम्बा खरिद बिक्रीको लागी आउने जाने ब्यापारी लगायत स्थानीय व्यक्तिलाई हातहतियार देखाई बिभिन्न डर धम्की दिई चन्दा तथा फिरौती र लुटपात गर्दै अशान्ति फैलाई त्रास मच्याउदै आएपछि प्रहरी एक्सनमा उत्रिएको हो ।

प्रहरीले पाएको गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । गस्तीका क्रममा शंकास्पद रुपमा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्दा भाग्न खोजेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ९ : ०७ बजे

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब