मनाङ्गे नेकपा प्रवेशसँगै योगेश भट्टराईले जनाए आपत्ति | Khabarhub Khabarhub

मनाङ्गे नेकपा प्रवेशसँगै योगेश भट्टराईले जनाए आपत्ति


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईले राजिव गुरुङ (दीपक मनाङ्गे) नेकपामा प्रवेश गरेकोमा आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै आपराधिक पृष्ठभूमिका मनाङ्गेलाई पार्टीमा प्रवेश गराएको आपत्ति जनाएका हुन् ।

उनले ट्वीटमा लेखेका छन्,‘राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ ? कस्ता कस्ता ल्याउँदै छौँ ? परिणाम के भैरहेको छ ? राम्ररी विचार गरौ है ?’

मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद मनाङ्गे विहीबार नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशी सांसद मनाङ्गेलाई प्रदेश मुख्यमन्त्री तथा नेकपा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले अबिर र माला लगाएर पार्टीमा भित्र्याएका हुन् ।

मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदका रूपमा प्रदेशसभाका निर्वाचित भएका थिए । उनलाई तत्कालीन नेकपाको सहयोग थियो । केही समयअघि अदालतबाट सफाइ पाएका थिए ।

मनाङ्गे नेकपा प्रवेश गरेसँगै गण्डकी प्रदेशमा नेकपाको दुई तिहाई बहुमत पुगेको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ८ : ०७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम