कमलपोखरीको पुनर्निर्माण शुरु | Khabarhub Khabarhub

कमलपोखरीको पुनर्निर्माण शुरु


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौंस्थित कमलपोखरी पुनर्निर्माणको काम शुरु गरिएको छ ।

बिहीबार कमलपोखरीमा एक कार्यक्रमको आयोजना गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो पोखरीको पुनर्निर्माणको कामको शिलान्याश गरेका हुन् ।

महानगरका मेयर शाक्यले कमल पोखरीलाई ऐतिहासिक रुपमा पुनर्निर्माण गरेर पर्यटनसँग जोड्ने बताए ।

उनले पोखरी पुनर्निर्माणको काम एक वर्ष भित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराए । त्यसका लागि काठमाडौं महानगरपालिकाले आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने मेयर शाक्यको प्रतिवद्धता छ ।

कार्यक्रममा कांग्रेस नेता एवं सांसद गगनकुमार थापाले कमल पोखरीको पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सक्रियता बढाउन स्थानीयलाई आग्रह गरे ।

काठमाडौं महानगरपालिका र स्थानीयको सहकार्यमा निर्माण गर्न लागिएको सो पोखरी एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ३ : १३ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ