‘लिबियाको आप्रवासी हिरासतमा भएको आक्रमण युद्ध अपराध हुनसक्छ’ « Khabarhub

‘लिबियाको आप्रवासी हिरासतमा भएको आक्रमण युद्ध अपराध हुनसक्छ’


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

जेनेभा-संयुक्त राष्ट्रसंघले लिबियाको राजधानी त्रिपोलीस्थित एक आप्रवासी हिरासतमा भएको हवाई आक्रमण ‘युद्ध अपराध’ हुनसक्ने जनाएको छ ।

संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चआयुक्त मिसेल बाचेलेले ४४ जनाको ज्यान जानेगरी भएको हवाई आक्रमण युद्ध अपराध हुनसक्ने बताएकी हुन् ।

आक्रमणमा अरु १ सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । मारिने तथा घाइते हुनेमा महिला तथा बालबालिका पनि छन् ।

आक्रमणमा कुन समूहको संलग्नता छ भन्ने स्पष्ट भइसकेको छैन । यद्यपि फैयज अल सेराजको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त लिबियाली सरकारले आक्रमण खलिफा हफ्तार नेतृत्वको लिबियाली सेनाले गराएको आरोप लगाएको छ । लिबियाली सेनाले भने सरकारी फौजले त्यस क्षेत्रमा गोलाबारी गरेको आरोप लगाएको छ ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी त्रिपोलीमा आफ्नो नियन्त्रण जमाउन लिबियाली सेनाले पछिल्लो समय व्यापक सैनिक आक्रमण गर्दै आएको छ ।

आक्रमण भएको तिजौरा आप्रवासी हिरासतमा ६ सयजनाभन्दा धेरै सब सहारन अफ्रिकाका आप्रवासीहरु राखिएको थियो । लिबियाका यस्ता हिरासतमा लिबियाबाट युरोपतर्फ जान चाहने हजारौं अफ्रिकी आप्रवासीहरु राखिएका छन् ।

लिबियामा जारी द्वन्द्वबारे छलफलका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकसमेत डाकिएको छ । सन् २०११ मा तत्कालिन शासक कर्णेल मुअम्मर गद्धाफीको शासन पतन भएयता लिबियामा युद्ध चर्किँदै आएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ८ : ०७ बजे

पोखरा महानगर अपडेट : ५५ हजार २६७ मत गन्दा कसले कति ल्याए ?

कास्की- स्थानीय तह सदस्य निर्वाचन- २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा

काठमाडौँमा २३ हजार ५८४ मतसहित बालेनको अग्रता कायमै

काठमाडौँ- काठमाडौँ महानगरमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको २३

सेयर बजार नेप्सेमा २३ अंकको गिरावट 

काठमाडौँ– सेयर बजार नेप्सेमा बिहीबार २३ अंकले ओरालो लागेको गिरावट

राजुलाई काठमाडौँमा ‘न्यानो स्वागत’

काठमाडौँ– गायक राजु लामाले सगरमाथाको सफलतापूर्वक आरोहण गरेर काठमाडौँ फर्किएका

नेपाल लगातार तेस्रो खेलमा पराजित, दुई खेल अगावै युगान्डाले जित्यो सिरिज

काठमाडौँ- लगातार तीन खेलमा पराजित भएसँगै नेपाली राष्ट्रिय महिला टिमले