‘लिबियाको आप्रवासी हिरासतमा भएको आक्रमण युद्ध अपराध हुनसक्छ’ | Khabarhub Khabarhub

‘लिबियाको आप्रवासी हिरासतमा भएको आक्रमण युद्ध अपराध हुनसक्छ’


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा-संयुक्त राष्ट्रसंघले लिबियाको राजधानी त्रिपोलीस्थित एक आप्रवासी हिरासतमा भएको हवाई आक्रमण ‘युद्ध अपराध’ हुनसक्ने जनाएको छ ।

संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चआयुक्त मिसेल बाचेलेले ४४ जनाको ज्यान जानेगरी भएको हवाई आक्रमण युद्ध अपराध हुनसक्ने बताएकी हुन् ।

आक्रमणमा अरु १ सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । मारिने तथा घाइते हुनेमा महिला तथा बालबालिका पनि छन् ।

आक्रमणमा कुन समूहको संलग्नता छ भन्ने स्पष्ट भइसकेको छैन । यद्यपि फैयज अल सेराजको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त लिबियाली सरकारले आक्रमण खलिफा हफ्तार नेतृत्वको लिबियाली सेनाले गराएको आरोप लगाएको छ । लिबियाली सेनाले भने सरकारी फौजले त्यस क्षेत्रमा गोलाबारी गरेको आरोप लगाएको छ ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी त्रिपोलीमा आफ्नो नियन्त्रण जमाउन लिबियाली सेनाले पछिल्लो समय व्यापक सैनिक आक्रमण गर्दै आएको छ ।

आक्रमण भएको तिजौरा आप्रवासी हिरासतमा ६ सयजनाभन्दा धेरै सब सहारन अफ्रिकाका आप्रवासीहरु राखिएको थियो । लिबियाका यस्ता हिरासतमा लिबियाबाट युरोपतर्फ जान चाहने हजारौं अफ्रिकी आप्रवासीहरु राखिएका छन् ।

लिबियामा जारी द्वन्द्वबारे छलफलका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकसमेत डाकिएको छ । सन् २०११ मा तत्कालिन शासक कर्णेल मुअम्मर गद्धाफीको शासन पतन भएयता लिबियामा युद्ध चर्किँदै आएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ८ : ०७ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस