मुसामा लाग्ने किराको टोकाईले यस्तो रोग लाग्छ, सचेत रहनुस् | Khabarhub Khabarhub

मुसामा लाग्ने किराको टोकाईले यस्तो रोग लाग्छ, सचेत रहनुस्


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तपाईको घरमा मुसा छ ? सचेत रहनुस् तपाईको घरमा भएको मुसामा कुनै रोग छ भने त्यसबाट तपाईमा स्क्रब टाईफस भन्ने रोग लाग्नसक्छ । यदी तपाईको घरमा रहेको मुसामा किर्ना जस्तो देखिने सानो किरा परेको छ भने सो किराको टोकाईबाट तपाईमा स्क्रब टाईफस सर्ने सम्भावना हुन्छ ।

स्क्रब टाईफस एक किसिमको सरुवा रोग हो । प्रया मुसा बस्ने खेतवारी, वन, घर वरीपरी झाडी हुने ठाउँमा यो किरा हुने गर्छ ।
यसको टोकाइबाट स्क्रब टाईफस भएमा मानिसमा विभिन्न किसिमको लक्षणहरु देखिन्छ ।

स्क्रब टाईफसका लक्षण

–धेरै ज्वरो आउनु,

–टाउको धेरै दुख्नु,

–पसिना धेरै आउनु,

–आँखा रातो हुनु,

–झाडापखाला लाग्नु,

–किराले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु,

– किराले टोकेको ठाउँमा कालो दाग बस्नु ।

यो रोग लागेमा समयमा उपचार नभएमा कडा खालको श्वास प्रश्वासका समस्याहरु हुन सक्छ । दम बढेर श्वास फेर्न गाह्रो भई बिरामी सिकिस्त हुने र शरीरका मुख् अङ्गहरुले काम गर्न छाडेर मृत्यु नै हुने जोखिम समेत रहन्छ ।

स्क्रब टाईफसबाट बच्ने उपाय

–खेतवारीमा काम गर्दा, झाडीमा जाँदा वा घास काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने,

– सम्भव भएसम्म बुट लगाउने,

–सकेसम्म घाँसवारी वा चउरमा नबस्ने, बस्नै परे गुन्द्री ओछ्याएर बस्ने,

–सम्भव भएसम्म भुँइमा नबस्ने,

– खाट वा अग्लो स्थानमा बस्ने, सुत्ने,

–घर वरपर झाडी तथा घाँस  बढ्न नदिने,

–घर, गोठमा मुसा नियन्ण गर्ने ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : ०८ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम