सन् २०२३ को एसियन कप चीनले आयोजना गर्ने | Khabarhub Khabarhub

सन् २०२३ को एसियन कप चीनले आयोजना गर्ने


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसियाली राष्ट्रहरुले प्रतिस्पर्धा गर्ने फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता एएफसी एसियन कप फुटबलको १८ औं संस्करण चीनमा आयोजना हुने भएको छ ।

मंगलबार फ्रान्सको पेरिसमा बसेको एसियन फुटबल कन्फडेरेसन (एएफसी) को बैठकले एसियन कप आयोजनाको जिम्मा चीनलाई दिएको हो । सन् २०२३ मा दोस्रो पटक एसियन कपको आयोजना गर्न लागेको चीनले यसअघि सन् २००४ मा आयोजना गरेको थियो ।

प्रतियोगिता यसअघि दक्षिण कोरियामा हुने भनिएपनि कोरियापछि हटेपछि चीनले आयोजनाको जिम्मा पाएको हो । चीनमा आयोजना हुने एसियन कपमा २४ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

युएईमा सम्पन्न १७ औं संस्करणको प्रतियोगिताबाट २४ टोलीलाई सहभागिता गराउन थालिएको हो । युएई संस्करणको उपाधि कतारले जितेको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : २५ बजे

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका