संखुवासभामा भेटियो दुर्लभ सालक | Khabarhub Khabarhub

संखुवासभामा भेटियो दुर्लभ सालक


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारको चिलाउनेमा दुर्लभ सालक भेटिएको छ । गाउँ नजिकै भेटिएको दुर्लभ सालकलाई मंगलबार जंगलमा नै पुनः छोडिएको छ ।

स्थानीय, जनप्रतिनिधि र डिभिजन वन कार्यालय खाँदबारीका कर्मचारीलगायतको रोहवरमा मुचुल्का उठाएर सालकलाई जंगलमा नै छोडिएको हो ।  सालक करिब डेढ केजीको रहेको र करिब ५–६ महिनाको मात्रै रहेको डिभिजन वन कार्यालय खाँदबारीले जानकारी दिएको छ ।

सोमबार दिउँसो स्थानीय शंकर राईले घर छेउमा नै सालक देखेपछि समातेका थिए ।  घर नजिकै ठूलो सालघारीको जंगल रहेकाले आहाराको खोजी गर्दै बारीमा आएपछि स्थानीय राईले सालक समातेका थिए । दुर्लभ सालक भेटिएपछि हेर्नेहरुको भीड लागेको थियो । त्यसपछि स्थानीयहरुले डिभिजन वन कार्यालय खाँदबारीमा खबर गरेपछि वन कार्यालय कर्मचारीहरु त्यहाँ पुगेका थिए ।

बहुमूल्य र लोपोन्मुख सालकको खपडा महङगो मुल्यमा बिक्री हुने भएकाले चोरीशिकारी अत्यधिक हुने गर्दछ । सालकको संख्या लोप हुँदै गएकाले पछिल्लो समय वन कार्यालय अन्तर्गत संरक्षण गर्ने कार्यक्रम समेत लागू हुन थालेको छ ।

सालक संखुवासभाको खाँदबारी नगरपालिका भित्रका तुम्लिङटार, रातमाटे, पिप्ले, सेकाहामा समेत पाइने गर्दछ । त्यसका साथै चैनपुर नगरपालिका अन्तर्गत खराङ, लोहाकोट लगायत ठाउहरुमा सालकहरु पाइने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : २१ बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण