महाभूकम्प आउँछ भन्दै अफवाह फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्री पक्राउ | Khabarhub Khabarhub

महाभूकम्प आउँछ भन्दै अफवाह फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्री पक्राउ


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशमा महाभूकम्प आउँछ भन्दै आमसर्वसाधारणमा अफवाह फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना गरी अफवाह फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई पक्राउ गरेको हो । उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो केही समय यता उनले राजा भन्ने दाबी गर्दै आएका थिए भने सामाजिक सञ्जालमा फेसबुकबाट लाइभमा जोडिएका दर्शकको अनुहार हेरेर फेस रिडिङ समेत गर्दै आएका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ३ : ५० बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ